सोचेअनुसारको उत्साहजनक व्यापार गर्न सकेन चलचित्र ‘लक्का जवान’ ले — OSNepal

सोचेअनुसारको उत्साहजनक व्यापार गर्न सकेन चलचित्र ‘लक्का जवान’ ले

LC (KTM) May 11, 2022 0

काठमाडौं । कोरोना महामारीका कारण दुई वर्षदेखि बन्द रहेको हल दुई महिनाअघिबाट खुलेका हुन् । हल खुलेपछि नेपाली चलचित्रले व्यापारमा केही अग्रता कायम गरेको थियो । तर, अहिले स्थानीय तहको निर्वाचनले व्यापारमा प्रभाव पारेको छ ।

यतिबेला देशभरका सिनेमा हलमा दुईवटा नेपाली चलचित्र प्रदर्शन भइरहेका छन् । मिलन डि काप्रीले निर्देशन गरेको नेपाली चलचित्र ‘षट्कोण’ र शिवहरि पौडेलले निर्देशन गरेको चलचित्र ‘लक्का जवान’ सिनेमा हलमा रिलिज भएको हो । यी दुवै फिल्मको व्यापार सोचेअनुसारको उत्साहजनक नरहेको हल सञ्चालकले बताएका छन् ।

दुई साता अघिबाट मुलुकमा चुनावको माहौल गर्माएको छ । अघिल्लो साता रिलिज भएको चलचित्र ‘मन्त्र’को व्यापार पनि सिनेमा हलमा निराशा जनक नै रह्यो । गएको शुक्रबारबाट रिलिज भएका दुई नेपाली चलचित्रकोराजधानि दैनिकमा खबर छ । व्यापार सोचेअनुसारको हुन नसकेको क्यूएफएक्सका निर्देशकले भने । उनका अनुसार हलिउड फिल्म डाक्टर स्ट्रेन्थ अहिले ठिकठाक चलेको छ । त्यसको तुलनामा नेपाली चलचित्रको व्यापार निकै तल रहेको पनि उनले बताएका छन् ।

कथावस्तु राम्रो भए पनि अहिले प्रदर्शन भएका दुवै चलचित्र स्टार कास्टको अभाव, फित्तलो संगीत पक्षलगायतका कारण पनि सोचेअनुसार दर्शकलाई यी फिल्मले हलमा तान्न नसकेको पनि हल सञ्चालकको कथन छ ।

यही ३० वैशाखमा देशभर यसपटक स्थानीय तहको निर्वाचन छ । सो निर्वाचनको परिणाम आउन त्यसपछि एक साता लाग्ने अनुमान गरिएको छ । सोही कारण पनि निर्वाचन सकिएको एक सातासम्म पनि नेपाली चलचित्रले राम्रो व्यापार नगर्ने कथन पनि हल सञ्चालकको छ । शनिबारबाहेक यी दुई फिल्म सिनेमा हलमा हाउसफुल हुन सकेका छैनन् । अब १३ जेठमा रिलिज हुन लागेको फिल्म ‘कबड्डी ४’ माथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर