झन् खस्किए अर्थतन्त्रका सूचक — OSNepal

झन् खस्किए अर्थतन्त्रका सूचक

LC (KTM) May 12, 2022 0

काठमाडौं । सरकारले विभिन्न प्रयास गरेपनि अर्थतन्त्रका सूचकहरु झन् खस्किएका छन् । सरकारको कोसिसका बाबजुद चालू आर्थिक वर्षको ९ महिनामा आइपुग्दा अर्थतन्त्रका अधिकांश सूचकहरु सन्तोषजनक नभएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ ।

नेपालमा आउने भन्दा नेपालबाट बाहिर जाने रकम धेरै भएका कारण शोधनान्तर स्थिति ऐतिहासिक रुपमा घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षको चैत मसान्तमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको थियो । साथै, चैत मसान्तमा चालू खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटा रहेको छ ।

अघिल्लो वर्षको नवौं महिनामा चालू खाता २ खर्ब १० अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर