दक्षिणकाली नगरपालिकामा कांग्रेसले जमायो डेरा, दोस्रो पटक मेयर र उपमेयरमा दोहोरिए मोहन र बसन्ती — OSNepal

दक्षिणकाली नगरपालिकामा कांग्रेसले जमायो डेरा, दोस्रो पटक मेयर र उपमेयरमा दोहोरिए मोहन र बसन्ती

LC (KTM) May 16, 2022 0

काठमाडौं जेठ २ । काठमाडौं दक्षिणकालीको नगरपालिका मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठवन्धनको समर्थनमा दोस्रो कार्यकालमा फेरि उम्मेदवार दिएका दुवै मेयर र उपमेयर नै विजयी भएका हुन् ।

कांग्रेसका मेयरका उम्मेदवार मोहन बस्नेतले ७ हजार २०१ मत ल्याई विजयी भएका छन् । भने उपमेयरमा कांग्रेसकी बसन्ती तामाङले ७ हजार ६२३ मत ल्याई विजयी भएकी हुन् ।

बस्नेतका प्रतिद्धन्दी एमालेका श्रीराम आचार्यले ५ हजार १९२ मत ल्याई पराजय भएका हुन् । त्यसै गरी उपमेयरमा एमालेकी ४ हजार ८३० मत ल्याइ पराजय भएकी हुन् ।

योसँगै दक्षिणकाली नगरपालिकाको वडा नम्बर ४, ८ र ९ मा पनि कांग्रेसको प्यानल नै विजयी भएको छ । बस्नेत र तामाङ दुवै निर्वतमान मेयर र उपमेयर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर