माओवादीलाई कसैले हेप्छ भने उ स्वयं नै पछारिन्छ भन्ने इतिहासले पटक–पटक पुष्टि गरेको छ : बर्षमान पुन — OSNepal

माओवादीलाई कसैले हेप्छ भने उ स्वयं नै पछारिन्छ भन्ने इतिहासले पटक–पटक पुष्टि गरेको छ : बर्षमान पुन

LC (KTM) May 16, 2022 0

काठमाडौं २ जेठ । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संघीय चुनावमा एमालले स्थानीय तहमा भन्दा भन्दा ठूलो पराजय व्यहोर्न पर्ने दावी गरेका छन् ।

रोल्पाको लिवाङमा आयोजित विजय सभालाई सम्बोधन गर्दै नेता पुनले यस्तो दावी गरेका हुन् ।

यो स्थानीय चुनाव भएकाले संघ र प्रदेशमा यो भन्दा बढी एमालेले लज्जास्पद पराजय व्यहोर्न पर्ने बताएका पुनले भने,’माओवादीलाई कसैले हेप्छ भने उ स्वयं नै पछारिन्छ भन्ने इतिहासले पटक–पटक पुष्टि गरेको छ ।’

आफू जिते लोकतान्त्रिक, आफू जिते महान अनि आफुले हारे धाधली भयो भन्नु जनतामाथिको अपमान भएको बताएका उनले यो राजनीतिक बेइमानी भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर