बलिउडका किंग शाहरुख खानको पुरानो तस्बिर भाईरल, रेल्वे स्टेशनमा बसेर के गफ लाउँदै थिए त खानले ? — OSNepal

बलिउडका किंग शाहरुख खानको पुरानो तस्बिर भाईरल, रेल्वे स्टेशनमा बसेर के गफ लाउँदै थिए त खानले ?

LC (KTM) June 13, 2021 0

बलिउडका किंग शाहरुख खान पछिल्लो समय आफ्नो अपकमिङ फिल्म पठानका लागि ब्यस्त रहेका छन् । पठानलाई लिएर चर्चा परिचर्चा भईरहेका बेला शाहरुखको एउटा फोटो जस्ले अहिले सामाजिक सञ्जालमा धुम मच्चाएको छ ।

शाहरुखको यो फोटो धेरै बर्ष अगाडिको रहेको छ । जतिबेला उनी थिएटरमा अभिनय गर्न खुब मनपराउने गर्थे । शनिबार एक ट्विटर युजरले शाहरुखको यो अनसिन तस्बिर सार्वजनिक गरिदिएका हुन् । यो फोटोमा खान एकदमै पातलो देखिएका छन् ।

फोटो सादा अर्थात ब्ल्याक एण्ड व्हाइट रहेको छ । यो फोटोमा शाहरुख खान तथा सञ्जय राय कुनै रेलवे स्टेशनको प्लेटफार्ममा साथीहरु संग देखिएका छन् । सञ्जय अहिले एक इभेन्ट्स म्यानेजमेन्ट कम्पनिमा म्यानिजिङ डिरेक्टरको रुपमा काम गरिरहेका छन् । सञ्जयले यो तस्बिरले पुराना याद ताजा गराएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर