तमु समाज पोर्चुगलको अध्यक्षमा बिकास गुरुङ — OSNepal

तमु समाज पोर्चुगलको अध्यक्षमा बिकास गुरुङ

LC (KTM) May 25, 2022 0

काठमाडौँ । तमु समाज पोर्चुगलको अध्यक्षमा बिकास गुरुङ र बरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ नै दोहोरीएका छन् । पोर्चुगलको लेस्बोनमा हालै सम्पन्न सातौँ अधि अधिबेसनले अध्यक्षमा बिकास र बरिष्ठ उपाध्यक्षमा मिलनलाई नै दोहोर्याउने निर्णय गरेको हो ।

करिब ३ हजार तमु (गुरुङ) हरु रहदै आएको पोर्चुगलमा तमु समाज निकै सक्रिय रहेको छ । राष्ट्रिय गानबाट सुरुभएको कार्यक्रममा सबैको ध्यान तान्ने नारा शास्त्र हराए सस्कृती हराउछ,सस्कृती हराए परम्परा हराउछ,परम्परा हराए मान्छे (जाती) हराउछ गुञ्जिएको थियो ।

सो अवसरमा पुर्ब सचिब तारा गुरुङ (हाल महासचिव), अधिबेशनको प्रमुख अतिथि जनजाति महासघ पोर्तुगलको अध्यक्ष हेम ब गुरुङ , अतिथी मगर समाज पोर्तुगलको अध्यक्ष कमल पुन,किरात राई सोसाइटी पोर्तुगलको अध्यक्ष दिपेस राई,शेर्पा किदुक पोर्तुगलको अध्यक्ष निमा शेर्पा,किरात याक्थुङ चुम्लुङ पोर्तुगलको अध्यक्ष प्रेम लिम्बु,लमजुङ समाज पोर्तुगलको अध्यक्ष लोकेन्द्र गुरुङ बिशेष अतिथी रमेश कुमार गुरुङको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर