बलिउडका चम्किला नक्षत्र सुशान्त अस्ताएको आज बर्ष दिन पुरा , सबैको मनमा राज गर्न सफल सुशान्तको यस्तो थियो जिवन संघर्षको कथा — OSNepal

बलिउडका चम्किला नक्षत्र सुशान्त अस्ताएको आज बर्ष दिन पुरा , सबैको मनमा राज गर्न सफल सुशान्तको यस्तो थियो जिवन संघर्षको कथा

LC (KTM) June 14, 2021 0

बलिउडमा चम्किदै गरेका नायक सुशान्त सिंह राजपुतको निधन भएको आज एक बर्ष पुरा भएको छ । गतबर्ष जुन १४ तारिख अर्थात आजकै दिन सबैका प्रिय बन्दै गएका सुशान्तले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्म ह त्याको बाटो रोजेका थिए ।

हुन त सुशान्तको आत्म ह त्या हो हत् या त्यो भने अझै नै पुष्टि हुन सकेको छैन । उनका बिषयमा अझै पनि छानबिन भइनै रहेको छ । बलिउडमा नेपोटिज्मको राजका कारण उनले यो बाटो रोजेको भन्दै यो बिषयमा गहकीलो बहस त भयो तर पनि सुशान्तले देखेको र भोगेको वास्तबिकता बाहिरन सकेन् ।

सबैको मनमा बस्न सफल बलिउडमा आफ्नै बलबुतामा उदाउँदै गरेका यी हस्ती अन्ततः बिभिन्न कारणले अस्ताउन पुगेको दिन आज एक बर्ष भएको छ । टेलिभिजनबाट ठुलो पर्दामा छलाङ मारेका सुशान्तले पछिल्लो समय एक से एक हिट फिल्महरु दिईरहेका थिए । उनको ठुलो सपना थियो अन्तरिक्षयात्री बन्ने । उनको निधन संगै त्यो सपना पनि टुक्रिएर गयो ।

परिवारको दबाबका कारण इन्जिनियरिङको पढाई सुरु गरेका उनले आफ्नो सपना पुरा गर्न मुम्बई यात्रा सुरु गरेका थिए । इन्जिनियरिङको पढाइको अन्तिम बर्ष उनले बलिउडलाई नै करिअर बनाउने सोचाई राखेर मुम्बइको यात्रा सुरु गरेका थिए ।

उनले छिछोरे, धोनी, पीके लगायतका आधा दर्जन भन्दा बढि हिट चलचित्रमा काम गरिसकेका थिए । उनले छोटो समयमा ९ वटा फिल्म खेलिसकेका थिए । ३४ बर्षको उमेरमा आत्महत्याको बाटो रोजेका सुशान्तले अन्य १० वटा जति फिल्ममा काम गर्ने तयारी थालेका थिए । तर ती फिल्महरु अहिले पनि अधुरा नै रहेका छन् ।

सुशान्तको निधन भएपछि उनका फ्यान र आफन्तले उनको निधनको छानविन गर्न निरन्तर माग गर्दै आएका छन् । तर छानबिन निधन संग नभई ड्रग्स काण्डतिर मोडिएको छ । सुशान्तले यो संसारबाट बिदा लिएको १ बर्ष भैसके पनि उनी सबै आमदर्शकको मन मष्तिष्कमा बस्न सफल भएका छन् । नहाँसि बोल्न नजान्ने , मिजासिलो र नरम स्वभावका सुशान्त सबैको मनमा आज पनि राज गर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर