बालेनले काठमाडौँको मेयर जित्ने पक्का भएपछि चर्चित गायक प्रमोद खरेलले यसरी दिए शुभकानमा — OSNepal

बालेनले काठमाडौँको मेयर जित्ने पक्का भएपछि चर्चित गायक प्रमोद खरेलले यसरी दिए शुभकानमा

LC (KTM) May 26, 2022 0

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको सुनिश्चित भएसँगै देश विदेशबाट बधाई तथा शुभकामना आउन थालेको छ । बालेन जस्तै धरान उपमहानगरका प्रमुख हर्क साम्पागं राई जस्ता स्वतन्त्र उम्मेद्धवारहरुको जितसँगै धेरै नेपाली दाजुभाइृले खुशीयाली मनाइरहेका छन् ।

बालेनका सर्मथकहरुले धन्यवाद र्‍याली निकाल्ने तयारी थालेका बेला लोकप्रिय गायक प्रमोद खरेलले शुभकामना व्यक्त गर्दै लेखेका छन्
यो जीत हैन ,
यो आवश्यकता हो ,
अनि यो जनता र नेतृत्व दुवैको अग्नी परिक्षा हो ,
सबैले आआफ्नो ज़िम्मेवारी बोध गर्दै एक अर्कालाइ शुभकामना दिउँ र कर्तव्यनिष्ठ बनौं
हार्दिक शुभकामना

यसैबिच मतगणना सकिएर बालेनलाई विजयी घोषणा गरिएसँगै समर्थकहरुले विशाल र्‍यालीको तयारी गरेका छन् । अब तीनवटा वडाको मात्रै मतगणना सकिए लगत्तै मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएर काठमाडौंका भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ ।त्यसत्े कलंकीबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने उपाध्यायले बताए ।

यसअघि बुधबार आफ्नो जित सुनिश्चित भएपछि बालेनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयोत्सवको साटो धन्यवाद र्‍याली निकाल्न समर्थकलाई अपिल गरेसँगै आज निकाल्न लागिएको धन्यवाद र्‍यालीका कारण काठमाडौँको ट्राफिक व्यबस्थापन प्रभावित हुने देखिन्छ । र्‍यालीमा सहभागीको संख्या विशाल हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर