गीतकार ध्रुवको गीतमा सुरेनको स्वर, आरजे सोनी र सिमोनको अभिनयको चर्चा — OSNepal

गीतकार ध्रुवको गीतमा सुरेनको स्वर, आरजे सोनी र सिमोनको अभिनयको चर्चा

LC (KTM) May 29, 2022 0

काठमाडौं । गायक सुरेन चन्द ठकुरीको स्वरमा रहेको नयाँ गीतजमानत गुमायौको भिडियो सार्वजनिक भएको छ । गायक ठकुरीको संगीत सृजना रहेको गीतमा गीतकार ध्रुव प्रसाद अम्गाईको शब्द रहेको छ ।

एकपछि अर्को हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अम्गाईको यो गीत कपाली गजल शैलीमा छ । बिगत २० बर्षदेखि प्रवासमा बस्दै आएका उनी गोर्खाका हुन् । समाजसेवी एवम् खरो स्वभाव भएका स्पष्ट बक्ता अम्गाई यथार्थ घटनाहरुलाई गीतमा उतार्न बढी मन पराउने गीतकार हुन् ।

आँखा आँखा जुधी,माया कुरा सुनिदेऊ,नजुरेको लगन,मखमली चोली,मन खोलेर गाउँ गीत,न भुल्न सक्ने,घरमा कुरा,काले केटा २,माया हे माया,माया तिरिरिरी,तिमीलाई सन्देश,विहानीको घामको झुल्को आदि उनका चर्चित गीतहरु हुन् । सार्वजनिक गीत जमानत गुमायौ प्रेम वियोगमा आधारित मार्मिक भावको गीत हो ।

गीतमा प्रेमिकाबाट धोका पाएको एक प्रेमीको वेदना पोख्ने प्रयास गरिएको छ । गीतमा म्युजिक एरेञ्ज किरण कँडेलको र मिक्सिङ माष्टरिङ श्यामश्वेत रसाइलीको रहेको छ भने भिडिओको निर्देशन विक्रम चौहानले गरेका छ्न्।

सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको यस म्युजिक भिडियोमा आरजे सोनी, सिमोन किङ, स्वस्तिका श्रेष्ठ र सुसाना दुलालले अभिनय गरेका छ्न् । हेर्नुहोस् प्रेम वियोगले भरिएको जमानत गुमायौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर