चलचित्र ‘आमा २’ निर्देशन गर्दे दीपेन्द्र के खनाल, के फेरी पुरानै कलाकार दोहोरिएलान ? — OSNepal

चलचित्र ‘आमा २’ निर्देशन गर्दे दीपेन्द्र के खनाल, के फेरी पुरानै कलाकार दोहोरिएलान ?

LC (KTM) May 29, 2022 0

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा चलचित्र ‘आमा २’ निर्माण हुने भएको छ । राजधानीमा सोमबार ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक समारोहमा उक्त चलचित्र निर्माण गर्ने घोषणा गरिएको हो ।

निर्माता शर्मिला पाण्डेका अनुसार ‘के घर के डेरा’ को छायांकनपछि ‘आमा २’ को काम सुरु गरिने छ । पाण्डेले भनिन्, ‘निर्देशक दीपेन्द्रको ‘के घर के डेरा’ को छायांकन सकिएपछि हामी ‘आमा २’ को तयारीमा जुट्ने छौँ ।’

चलचित्र निर्माणको घोषणा गरिए पनि काम गर्ने कलाकारका बारेमा खासै केही खुलाइएको छैन । यसअघि निर्देशक खनालले नेपालको पहिलो मानिएको चलचित्र ‘आमा’ को नाममा तेस्रो पटक ‘आमा’ बनाएका थिए ।

‘आमा’ लाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए । दोस्रो पटक निर्माण बनाइएको ‘आमा’ लाई रेसराज आचार्यले निर्देशन गरेका थिए । खनालले बनाएको ‘आमा’ ले बक्सअफिसमा राम्रै व्यापार गरेको थियो भने राष्ट्रिय अवार्डसमेत पाउन सफल भएको थियो ।

उक्त चलचित्रमा अभिनेत्री मिथिला शर्माले आमाको भूमिका निभाएकी थिइन् । सौर्य दैनिकमा खबर छ । यस्तै, अभिनेत्री सुरक्षा पन्तले उनकी छोरीको भूमिका निवार्ह गरेकी थिइन् ।

निर्देशक खनालले यसअघि चलचित्र द युगदेखि युगसम्म, ‘धर्मा, भिजिलान्ते थ्रिडी, झोले, पशुपति प्रसाद, चपली हाइट, चपली हाइट २, लभ लभ लभ, धनपति, चंगाचैट’ लगायतका निर्देशन गरिसकेका छन् । उनको निर्देशनमा बनेको पछिल्लो चलचित्र ‘चिसो मान्छे’ आगामी ३ असारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर