संसारकै धनाड्य एलन मस्कले छोरी समान उमेरकी केटीलाई लिएर विश्वकै महंगो होटलमा गएपछि — OSNepal

संसारकै धनाड्य एलन मस्कले छोरी समान उमेरकी केटीलाई लिएर विश्वकै महंगो होटलमा गएपछि

LC (KTM) May 31, 2022 0

काठमाडौं ।

संसारकै धनी युवा एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग एकान्तमा समय बिताउँदै गरेको अवस्थामा फेला परेका छन् । एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री नताशा बासेटसँग खाजाको आनन्द लिँदै गर्दाका तस्विरहरु सामाजिक संजालमा भायरल बनिरहेका छन् ।

उनीहरु गएको होटलको कोठाको भाडा १ लाख ६० हजार रुपैयाँबाट सुरु हुने अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । उनीहरु सोही होटलबाट निस्किएर लञ्चपछि समुद्र तट नजिक सँगै हिंडिरहेको देखा परेका थिए ।

ग्रे कलरको टी–सर्ट र कालो जिन्समा देखिएका मस्ककी यी प्रेमीका जम्मा २७ वर्षकी छिन् । जहाँकी नताशा प्रेमी मस्क ५० वर्षका भइसके । सुन्दरी नताशा करिब ७०० डलरको जाडिग एण्ड भोल्टेयर ड्रेसमा उनी सुन्दर देखिइन् ।

मस्कको निजी जेटमा लस एन्जलसमा अवतरण गरेको देखिएपछि यस वर्ष फेब्रुअरीदेखि यो जोडी एकअर्कालाई डेट गर्दै आएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ । तर सन् २०२१ को सेप्टेम्बरमा दुवैले अलग हुने निर्णय गरेका थिए ।

रोचक कुरा त के छ भने मस्क ७ सन्तानका पिता हुन् र उनको तीन पटक सम्बन्धविच्छेद भइसकेको छ । उनका यसअघि पूर्व प्रेमिका ग्रिम्स, एम्बर हर्ड र बेलायती अभिनेत्री तल्लुलाह रिले पनि पूर्व प्रेमीका हुन् ।

मस्कले ओन्टारियोमा पहिलो पत्नी जस्टिन विल्सनसँग विबाह गरे लगत्तै डिर्भोस गरेर बेलायती अभिनेत्री तल्लुलाह रिलेसँग विवाह गरे । दुवैले सन् २०१० मा विवाह गरेका थिए र सन् २०१२ मा सम्बन्धविच्छेद गरेका थिए । तर सन् २०१३ मा दुवैले फेरि विवाह गरे । सन् २०१६ मा दुवैले फेरि सम्बन्धविच्छेद गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर