बलिउडका एक्सन किंग अक्षय कुमारले २५ बर्ष पछि दर्शकलाई उल्लु बनाएर राखेको राज खुलाए, यस्तो राज बाहिरिएपछि फ्यानहरु भए चकित — OSNepal

बलिउडका एक्सन किंग अक्षय कुमारले २५ बर्ष पछि दर्शकलाई उल्लु बनाएर राखेको राज खुलाए, यस्तो राज बाहिरिएपछि फ्यानहरु भए चकित

LC (KTM) June 15, 2021 0

अक्षय कुमारको एकदमै चलेको पुरानो फिल्म मध्ये खिलाडीओ का खिलाडी पनि एक हो । सन् १९९६ मा रिलिज भएको यस फिल्मले राम्रै कमाई पनि गरेको थियो । उमेश मिश्राले निर्देशन गरेको यस चलचित्रमा अक्षय कुमारसँगै अभिनेत्री रवीना टण्डन र रेखा मुख्य भूमिकामा रहेका थिए।

यो फिल्म आम दर्शकको लागि महत्वपुर्ण र रोचक किन पनि छ भन्दा अक्षयले रेस्लर अण्डर टेकर संग रियल फाईट गरेको देख्न सकिन्छ । तर फिल्म रिलीज भएको २५ बर्ष नाघिसक्दा बल्ल यस फिल्मको एउटा राज बाहिर आएको छ । यो रहस्य स्यंम अक्षयकुमार आफैले बाहिर ल्याएका हुन् । सबैलाई उनको कुराले आश्चर्यमा पारेको छ ।

जुन १४ मा यस फिल्मको २५ औँ वार्षिकोत्सव मनाइएको छ यस अवसरमा सुपरस्टार अक्षय कुमारले रोचक खुलासा गरेका हुन् । अभिनेताले २५ वर्ष अघि यो फिल्ममा उनले वास्तविक अण्डरटेकरसँग प्रतिस्पर्धा गरेका थिएनन् । उनले प्रसिद्ध रेसलर ब्रायन लीसँग प्रतिस्पर्धा गरेका थिए ।

यो खुलासा पछि अक्षय कुमार, रवीना टन्डन र रेखा स्टारर यस फिल्मका फ्यानहरू स्तब्ध भएका छन्। वर्षौँसम्म, मानिसहरूले फिल्म स्टार अक्षय कुमारले वास्तविक अण्डरटेकरसँग लडेको भन्ने सोच्थे। अब अक्षय कुमारको यो खुलासाले फ्यानहरूलाई चकित बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर