सुशान्तको सम्झनामा रियाले लेखिन् 'प्लिज फर्की आउ, तिमी बिना एक्लो भएँ म' — OSNepal

सुशान्तको सम्झनामा रियाले लेखिन् ‘प्लिज फर्की आउ, तिमी बिना एक्लो भएँ म’

LC (KTM) June 15, 2021 0

काठमाडौं । बलिउड लोकप्रिय अभिनेता सुशान्त राजपूतको निधन भएको सोमबार एक वर्ष पूरा भएको छ । वर्ष दिनका दिन कैयौँ कलाकर्मी तथा फ्यानहरुले सुशान्तलाई सम्झिँदा उनकी प्रेमका रिया चक्रवर्तीले मनछुने स्टाटस लेखेकी छिन् ।

सामाजिक संजालमा आफ्नो धारणा राख्दै रियाले भनेकी छिन् “तिमी यहाँ नभएको विश्वास दिलाउने कुनै पल नै छैन । मानिसहरु सबै कुरा समयसँगै ठिक हुन्छ भन्छन् तर मेरो सबै समय नै तिमी थियौ । तिमी मेरो अभिभावक हौ । तिमीले मलाई चन्द्रमाबाट टेलिस्कोपको सहारामा हेरिरहेका छौ र रक्षा गरिरहेका छौ ।

रियाले आँफु सुशान्तबिना एक्लो भएको भन्दै भनेकी छिन् म हरेक दिन तिमी आउने पर्खाइमा बस्छु । म तिमीलाई हरेक ठाउँमा देख्छु । यो पीडाले मलाई हरेक दिन टुक्र्याउँछ । तिमी यहाँ नभएको आभासले मलाई निकै पीडा दिन्छ । सुशान्तको निधनसँगै भारतीय सिंगो समाज नै रिया विरुद्ध खनियो । तर पनि रियाले अनुसन्धानमा सघाइरहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर