नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौंले दियो प्रशिक्षण — OSNepal

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौंले दियो प्रशिक्षण

LC (KTM) June 09, 2022 0

काठमाडौँ, २६ जेठ:

नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण दिएको छ ।

पार्टीको निर्वाचनसम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीयको अधिकार क्षेत्रबारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्नेबारेमा नेकपा एमालेले प्रशिक्षण दिएको हो ।

बुढानीलकण्ठ नगरपालिकाबाट सुरु भएको स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण काठमाडौँका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइएको एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

बिहीबारदेखि सुरु भएको कार्यक्रममा २० देखि २१ गते बुढानिलकण्ठ नगरपालिका, २१ र २२ गते गोकर्णेश्वर र कागेश्वरी नगरपालिका, २२ र २३ गते टोखा नगरपालिका २३ र २४ गते नागार्जुन र चन्द्रागिरी नगरपालिका २४ र २५ गते शंखरापुर र तारकेश्वर नगरपालिका २५ र २६ गते काठमाडौं नगरपालिकाका जनप्रतिनिधिलाई तालिम दिइएको अध्यक्ष निरौंलाले बताए ।

तालिममा काठमाडौं जिल्लाअन्तर्गत रहेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि, नगर कमिटी र जिल्ला कमिटिका तोकिएका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिममा कृष्ण राई, विन्दा पाण्डे, मिलन धरेल, रामशरण प्याकुरेल, कमान सिंह, रामप्रसाद भटटराई, ज्ञानमाया डंगोल , सरिता न्यौपाने लक्ष्मी सापकोटा लगायतले प्रशिक्षण दिए । पार्टी स्कुल विभागअन्तर्गत उषाकिरण भण्डारीको संयोजकत्वमा तालिम सम्पन्न भएको निरौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर