गुल्मीमा जेसिबी दुर्घटना, ३३ वर्षीय यज्ञको मृत्यु — OSNepal

गुल्मीमा जेसिबी दुर्घटना, ३३ वर्षीय यज्ञको मृत्यु

LC (KTM) June 10, 2022 0

गुल्मी, २७ जेठ

गुल्मीमा जेसिबी दुर्घटना चालकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा दाङ घर भइ शान्तिनगर गाउँपालिका-१ खिलतपुर बस्ने करिब ३३ वर्षीय चालक यज्ञ वली रहेका छन् ।

बिहीबार राति करिब ९ बजेतिर गुल्मीको छत्रकोट-२ पल्लीकोटको रातापानी भन्ने ठाउँमा लु१क ४७७१ नम्बरको जेसिबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जेसिबी राति छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको हो । दुर्घटना राति भएकाले स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर