छक्कापञ्जा ४ को पटकथा लेखनका लागि एकान्तबास खोज्दै अभिनेता दिपकराज गिरी पोखरा हानिए — OSNepal

छक्कापञ्जा ४ को पटकथा लेखनका लागि एकान्तबास खोज्दै अभिनेता दिपकराज गिरी पोखरा हानिए

LC (KTM) June 10, 2022 0

नेपाली फिल्मी उद्योगमा राम्रो ब्यापार गर्न सफल चलचित्र मध्ये प्रमुख चलचित्र हो छक्कापञ्जा । हाँस्य बिद्यामा आधारीत रहेर सामाजिक कुरीति र ब्यथितीलाई तिखो बाण प्रहार गर्न सफल यस चलचित्रको सिक्वेल लामै जाने देखिएको छ । अब अहिले आएर यस फिल्मको चौथो सिक्वेल बन्न लागिरहेको छ ।

दीपकराज गिरी सहितको टोली अहिले छक्कापञ्जा ४ को तयारीमा ब्यापक रुपमा जुटेको छ । फिल्मको पटकथा लेखनलाई अन्तिम रुप दिन यतिबेला गिरी सहितको टोली एकान्तबास खोज्दै पोखरा पुगेको छ । गिरी संग यस फिल्मका निर्देशक हेमराज बीसी पनि साथै रहेका छन् ।

छक्कापञ्जाकै निरन्तरता रहे पनि यस फिल्मको नाम छक्कापञ्जा ४ हुने या माग्नेराजा भन्ने टुंगो लागि नसकेको अभिनेता गिरीले जानकारी दिए । फिल्मको नामको टुंगो अब एक हप्ता भित्रै लाग्ने पनि उनले बताए । असार पहिलो साता हुने मुहूर्तमा फिल्मको शीर्षक सार्वजनिक गर्ने तयारी छ । फिल्मले जुनसुकै शीर्षक पाए पनि निर्देशकमा बीसी अनुबन्धित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर