डुबानमा खोज तथा उद्धारसहितको ‘अभ्यास मनसुन २’ प्रशिक्षण सम्पन्न — OSNepal

डुबानमा खोज तथा उद्धारसहितको ‘अभ्यास मनसुन २’ प्रशिक्षण सम्पन्न

LC (KTM) June 11, 2022 0

भक्तपु-वर्षायाम सुरु भएसँगै सम्भावित डुबानबाट बच्न र बचाउन आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यले भक्तपुरको सिद्धपोखरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धारको प्रयोगात्मक अभ्याससहितको प्रशिक्षण सम्पन्न गरेको छ । नेपाली सेनाको श्री उपत्यका कमाण्ड हेडक्वार्टरको आयोजना तथा जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वयमा ऐतिहासिक सिद्धपोखरीमा डुबेको मानिसको उद्धार गरी ‘अभ्यास मनसुन २’ प्रशिक्षण सम्पन्न गरिएको हो । डुबेको व्यक्तिको खोज कसरी गर्ने, उद्धार कसरी गर्ने, प्राथमिक उपचार कसरी गर्ने र अस्पतालसम्म कसरी पु¥याउने भन्नेबारेमा प्रयोगात्मक प्रशिक्षण दिएको थियो ।

भक्तपुरमा वर्षामा धेरै स्थानमा डुबानमा पर्ने जोखिम भएकाले त्यस्तो जोखिमबाट बच्ने र बचाउने उपाय अवलम्बन गर्दै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सिद्धपोखरीमा डुबेको मानिसको उद्धार गर्ने कृत्रिम अभ्यास सम्पन्न गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र भक्तपुरको उद्धार टोली आरएनए–१६ टोलीको सहभागितामा प्रशिक्षण गरिएको उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति, नेपाली सेनाको उपत्यका कमान्डका उपरथी योगराज शर्मा, ७ नं बाहिनीका बाहिनीपति किरण केसी, प्रमुख जिल्ला अधिकारी शर्मा, भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठलगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर