पछिल्लो २४ घण्टामा नेपालमा निको हुने भन्दा कोरोना संक्रमित धेरै — OSNepal

पछिल्लो २४ घण्टामा नेपालमा निको हुने भन्दा कोरोना संक्रमित धेरै

LC (KTM) June 12, 2022 0

काठमाडौं, २८ जेठ:

पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६२ जनाको पीसीआर र १२९१ जनाको एन्टीजेन गरी ३४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआरबाट ११ र एन्टीजेनबाट ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर