चुरोटको निहुँमा १८ वर्षीय भाइको खुकुरी प्रहार गरी ज्यान लिए ३० वर्षीय दाइले — OSNepal

चुरोटको निहुँमा १८ वर्षीय भाइको खुकुरी प्रहार गरी ज्यान लिए ३० वर्षीय दाइले

LC (KTM) June 12, 2022 0

सुनसरी, २९ जेठ :

भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ ।

चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर