बजेट अधिवेशनपछि प्रदेश १ को नाम टुङ्गो लाग्ने — OSNepal

बजेट अधिवेशनपछि प्रदेश १ को नाम टुङ्गो लाग्ने

LC (KTM) June 12, 2022 0

विराटनगर २९ जेठ । प्रदेश १ को नामको अब टुङ्गो लाग्ने भएको छ । चालु दशौं तथा अन्तिम बजेट अधिवेशनबाट प्रदेश १ को नाम टुङ्गो लगाउन एमाले र नेपाली कांग्रेस सहमत भएका छन् ।

आइतबार प्रदेशसभा बैठकपछि एमालेले नामकरणका लागि सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजक हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले गरेको छलफलमा प्रदेशको नामको विषयमा सहमती भएको हो ।

एमाले नेता कार्कीले आइतबार बसेको संसद बैठकको विशेष समयमा बोल्दै प्रदेशको नाम टुङ्गो आफ्नो दल सकारात्मक भएको भन्दै सत्ता पक्षलाई पनि सहकार्य गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर