मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत — OSNepal

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत

LC (KTM) June 14, 2022 0

काठमाडौं, ३१ जेठ :

मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही गाउँपालिका–३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका–४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर