स्वास्थमा कुनै सुभार नआएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै — OSNepal

स्वास्थमा कुनै सुभार नआएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै

LC (KTM) June 16, 2021 0

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका उनको स्वास्थमा कुनै सुभार नआएपछि उनलाई दिल्ली लान लागिएको हो ।

उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर