उद्दार कार्यमा जुट्न कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा नेपालको हार्दिक अपिल — OSNepal

उद्दार कार्यमा जुट्न कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा नेपालको हार्दिक अपिल

LC (KTM) June 16, 2021 0

काठमाडौं २ असार । पुर्व प्रधानमन्त्री चथा वरिष्ठ नेता माधवकुमार नेपालले बाढी–पहिरोबाट प्रभावित स्थानमा तत्काल उद्दार कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गरेका छन् ।

नेपालले प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता कपडा एवं स्वास्थ्य सामग्री सहितको व्यवस्थाका लागि सरकार एवं परोपकारी संस्थाहरूको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् । नेता नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो अपिल गरेका हुन् ।

नेपालले लेखेका छन्, ‘अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरूमा ठूलो धनजनको क्षति भएका समाचारहरू आइरहेका छन् । बाढी–पहिरोबाट प्रभावित स्थानमा तत्काल उद्दार कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु । साथै प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता कपडा एवं स्वास्थ्य सामग्री सहितको व्यवस्थाका लागि सरकार एवं परोपकारी संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउँछु । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबान समेत हुने खतरा रहेकाले सतर्क रहनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु । भौगर्विक दृष्टिले कतिपय स्थानहरू पहिरोको उच्च जोखिममा रहेको भन्ने समाचारहरू आइरहेकाले त्यस्ता स्थानमा बढी सतर्कता अपनाउन सो स्थानका वासिन्दासहित स्थानीय प्रशासनसँग विशेष अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर