उपचारको लागि दिल्ली प्रस्थान गर्नु अघि खनालको अपिल : नेताहरुबीचको व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरौँ — OSNepal

उपचारको लागि दिल्ली प्रस्थान गर्नु अघि खनालको अपिल : नेताहरुबीचको व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरौँ

LC (KTM) June 16, 2021 0

काठमाडौँ २ असार । स्वास्थ्य उपचारको क्रममा एक पछि अर्को समस्या आएका कारण वरिष्ठ नेता झलनाथ खनालले दिल्ली प्रस्तान गर्नु अगाडी पार्टी एकताको लागि अपिल गरेका छन् । आज बुधबार एक वक्तव्य जारी गर्दै खनालले पार्टी एकताको सफलताको बाटो हो भने फुट विनासको बाटो भएकाले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी एकताको लागि एकतावद्ध हुन सबैलाई आग्रह गरेका छन् ।

वक्तव्यमा भनेका छन् , ‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी वैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आहृवान गर्न चाहन्छु।’

देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गर्न समेत खनालले आग्रह गरेका छन् मृर्गौलामा समस्या देखिएपछि थप उपचारको लागि दिल्ली प्रस्थान गरेका खनाल प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली कामलाई लिएर रुष्ट बनेका छन् ।

‘सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु ।’ वक्तव्यमा उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर