गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले असार ४ गते विश्वासको मत लिने — OSNepal

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले असार ४ गते विश्वासको मत लिने

LC (KTM) June 16, 2021 0

पोखरा २ असार । गण्डकी प्रदेशका नवनियुक्त नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले असार ४ गते विश्वासको मत लिने भएका छन् । नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिने व्यवस्था भएकाले पोखरेलले आज नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

विश्वासको मत लिनुभन्दा दूई अगाडी प्रदेशसभा सचिवालयलाई जानकारी गराउनु पर्ने व्यवस्था भएकाले पोखरेलले पनि आज प्रदेश सचिवालयलाई जानकारी गराएका हुन् । हिजो मात्र बजेट विनियोज भएको प्रदेशमा विश्वासको मत नलिई मन्त्रीको समायोजन गर्ने नमिल्ने भएकाले पोखरेलले चाडै विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदसहित चार दल मिलि तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई अल्पमतमा पारि पोखरेललाई मुख्यमन्त्री बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर