नेपालमा दिन प्रतिदिन बढ्दै कोरोना संक्रमण — OSNepal

नेपालमा दिन प्रतिदिन बढ्दै कोरोना संक्रमण

LC (KTM) July 04, 2022 0

काठमाडौं, २० जेठ:

नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमित निको भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर