क्रिकेट: सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध — OSNepal

क्रिकेट: सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध

LC (KTM) July 06, 2022 0

काठमाडौं, २२ असार :

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई श्रीलंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ ।

सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई क्लब भित्र्याएको हो ।

लंकन प्रिमियर लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि कुल तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्ट थिए । यसमध्ये एक सय ८० विदेशी र एक सय ७३ खेलाडी श्रीलंकाकै थिए ।

सन्दीपले हालसम्म बिग बास लिग (बिबिएल), इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै विश्वका कयौँ ठूला लिग खेलिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर