ऋतिक रोशन संग जाबेद अख्तरले आफुलाई माफी माग्न लगाएको कंगना रनावतको आरोप — OSNepal

ऋतिक रोशन संग जाबेद अख्तरले आफुलाई माफी माग्न लगाएको कंगना रनावतको आरोप

LC (KTM) July 06, 2022 0

बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा प्रायः आफ्नो बोली बोल्ड राख्ने गर्छिन्, जसका कारण उनले ट्रोलरको सामना गर्नुपरेको छ । साथै उनी आफ्नो बयानका कारण सधै चर्चामा रहन्छिन् । हालै कंगनाले उदयपुरमा टेलर कन्हैया लालको निर्मम हत्याको बारेमा कुरा गरेकी थिइन् । यससँगै उनले महाराष्ट्र सरकारका पूर्व मुख्यमन्त्री उद्धव ठाकरेका लागि भिडियो बनाएकी थिईन् । जुन एकदमै चर्चामा पुगेको थियो ।

यसैबीच अहिले उनले बलिउडका चर्चित गीतकार जावेद अख्तरमाथि धेरै गम्भीर आरोप लगाएको खबर आइरहेको छ । हो, कंगनाले हालै जावेद अख्तरको बारेमा केही यस्ता कुरा भनेकी छिन्, जसका कारण उनी फेरि चर्चामा आएकी छिन् । आजको समयमा कंगना रनौत र ऋतिक रोशनको सम्बन्ध र विवादबारे थाहा नभएको कोही छैन । उनीहरुको सम्बन्ध र विवादको खबरले टिभीदेखि पत्रपत्रिकासम्म धेरै हेडलाइन बनाएको थियो ।

दुबैका यस्ता धेरै इमेल पनि लीक भएका थिए, जसलाई लिएर त्यतिबेला निकै विवाद भएको थियो । यो मुद्दा फेरि एकपटक उठेको छ। रिपोर्टहरू विश्वास गर्ने हो भने, कंगनाले जावेद अख्तरको बारेमा भनेकी छिन्, उनले मलाई ऋतिक रोशनसँग माफी माग्ने धम्की दिए। कंगनाको यो भनाइ बाहिर आएपछि सामाजिक सञ्जालमा निकै आतंक मच्चिएको छ । समाचार अनुसार जावेद अख्तरले कंगना रनौत विरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् । सन् २०२० मा जावेद अख्तरले कंगनाविरुद्ध मानहानीको मुद्दा दायर गरेको बताइएको छ ।

उनले उजुरीमा भनेका थिए, सुशान्त सिंह राजपूतको आत्महत्यामा उनको नाम तानिएको थियो, त्यसपछि यो मुद्दा चलिरहेको छ। कंगना हालै यो मुद्दामा तेस्रो पटक अदालतमा हाजिर भइन् । कंगना पछिल्लो पटक फिल्म ‘धाकड’ मा देखिएकी थिइन् जुन बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । यसबाहेक उनी छिट्टै ‘टिंकु वेड्स शेरु’, ‘इमली’, ‘सीता’, ‘तेजस’ जस्ता फिल्ममा देखिनेछिन् । साथै उनको लिस्टमा ‘तनु वेड्स मनु ३’ पनि परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर