गायक हेमन्त शर्माको ‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ मा केकी र कमलको बेजोड अभिनय • OSNepal

गायक हेमन्त शर्माको ‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ मा केकी र कमलको बेजोड अभिनय

Osnepal Admin (KTM) July 07, 2022 0

काठमाडौँ ।

गायक हेमन्त शर्मा नयाँ गीत लिएर बजारमा आएका छन्। उनले आफ्नै शब्द तथा संगीतमा ‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ बोलको गीत बजारमा ल्याएका हुन्।

प्रेमभाव समेटिएको सार्वजनिक गीतमा कृष्ण बिकको संगीत संयोजन सुन्न सकिन्छ। गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन्।

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री केकी अधिकारीको साथमा कमल सिंह देखिएका छन्। सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईले गरेका हुन्।

भिडियो सम्पादन नविन निरौंलाले गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement