पि-ओपनिङ : नेप्सेमा हरियाली, साढे ४ अंकले बढ्यो — OSNepal

पि-ओपनिङ : नेप्सेमा हरियाली, साढे ४ अंकले बढ्यो

LC (KTM) July 08, 2022 0

काठमाडौं, २४ असार:

साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

शुक्रबार कारोबारमा आएका १२ कम्पनीमध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

प्रि–ओपनिङ सेसनमा २ कम्पनीको सेयरमूल्य घटेको छ । कुनै पनि कम्पनीको मूल्य स्थिर रहेको छैन । नेप्से ४.५५ अंकले बढेसँगै सूचक २ हजार ३१ दशमलव ८७ बिन्दुमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर