एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप — OSNepal

एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

LC (KTM) July 10, 2022 0

काठमाडौं,२६ असार – नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । बैंकले जारी गरेको ऋणपत्रमा अब साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । बैंकले असार २२ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो । यसले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो ।

यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ । यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन । एसबीआईले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गरेको हो । यसमा वार्षिक १०.२५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर