गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा गर्यो बृक्षारोपण — OSNepal

गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पताल परिसरमा गर्यो बृक्षारोपण

LC (KTM) July 13, 2022 0

बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन हेतु यस विकास बैंकले पुनः एकपटक बृहत बृक्षारोपण कार्यक्रमको सफल आयोजना गरेको छ ।

आज वि.सं. २०७९ साल आषाढ २८ गते मंगलबारका दिन टोखा नगरपालिका २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा टोखा नगरपालिका प्रमुख श्री प्रकाश अधिकारी ज्यू र यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपिएको थियो ।

उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुप अफ टोखाका संस्थापक अध्यक्ष श्री केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जन ज्यूहरुको पनि उपस्थिती रहेको थियो ।

साथै, उक्त कार्यक्रमको स्वागत मन्तव्य यस विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्याय ज्यूले दिनुभएको थियो भने कार्यक्रम संचालन सामान्य प्रशासन विभाग प्रमुख श्री अनुमान श्रेष्ठ ज्यूले गर्नुभएको थियो जसमा यस विकास बैंकका सम्पूर्ण विभागीय प्रमुख तथा टोखा नगरपालिकाको स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर