बालचन्द्र घोरासैनी र गोबिन्द घोरासैनीको शब्दमा कुटुली बजारमा (भिडियो सहित) — OSNepal

बालचन्द्र घोरासैनी र गोबिन्द घोरासैनीको शब्दमा कुटुली बजारमा (भिडियो सहित)

LC (KTM) July 14, 2022 0

काठमाण्डौ असार ३० :
नेपालि मौलिक लोक दोहोरीका प्यासी मनहरुका लागि केन्द्रित गर्दै भर्खरै मात्र संगीत आश्रम नेपालले एक निकै कर्णप्रिय गीतलाई सार्बजनिक गरेको छ ।

उक्त गीत गोबिन्द घोरासैनी र शारदा रसाइलीको प्रस्तुतिमा “कुटुली” बोलको रहेको छ । गीत निकै लोभ लाग्दो बनेको छ ।

सुन्दै बसेको ठाउँबाट उठेर नाचौं नाचौं लाग्ने गीतमा स्वर शारदा रसाइली र गोबिन्द घोरासैनीको रहेको छ । यस गीतलाई लय सिर्जना तथा संगीत संयोजन नारायण दंगालले गरेका हुन् भने शब्द बालचन्द्र घोरासैनी र गोबिन्द घोरासैनीको रहेको छ ।

संगीत आश्रम नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर सार्बजनिक भैसकेको छ ।

भिडियोमा अनु पराजुली, शारदा रसाइली, गोबिन्द घोरासैनी, लिलाराज बानियाँ, निरज श्रेष्ठ, कोपिला श्रेष्ठ नारायण गोपाली र रोजी दुलालको अभिनय देख्न सकिन्छ । “कुटुली” बोलको गीतलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सरोज शाही र सम्पादन रोशन धितालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *