मनोबल उच्च बनाउन कोहलीलाई पाकिस्तानी कप्तान बाबरको आग्रह — OSNepal

मनोबल उच्च बनाउन कोहलीलाई पाकिस्तानी कप्तान बाबरको आग्रह

LC (KTM) July 15, 2022 0

काठमाडौं, ३१ असार:

क्रिकेट समर्थकलाई सबैभन्दा मन पर्ने खेल पाकिस्तानविरुद्ध भारत हुने गर्दछ । जुन खेलका लागि निकै नै समय कुर्नुसमेत पर्छ । दुई टिमबीचको खेल मैदान भित्रमात्रै हुँदैन । आन्तरिक द्वन्द्वलाई समेत लिएर हेरिन्छ । अझ राजनीतिसँग पनि जोडिएर । त्यसैले दुई देशबीचको खेललाई निकै रोमाञ्चक मानिन्छ ।

पछिल्लो समय भने दुई टिमको खेलमा द्वन्द्वभन्दा पनि भाइचारा सम्बन्ध देखिन थालेको छ । जसमा पर्छन् भारतीय पूर्वकप्तान विराट कोहली र पाकिस्तानी कप्तान बाबर आजम । ३३ वर्षीय कोहली र २७ वर्षीय बाबरबीच उमेरमा भने थोरै तलमाथि छ । तर, भाइचारा सम्बन्ध भने पछिल्लो समय निकै माथि छ ।

राजनीतिक मतभेदका कारण भारत र पाकिस्तानबीच पछिल्लो एक दशक कुनै द्विपक्षीय शृंखला हुन सकेको छैन । दुबै टिम आईसिसी प्रतियोगिता र एसिया कपमा मात्रै एकआपसमा भिड्दै आएका छन् । यस खेलमा जब कोहली र बाबर एकसाथ रहन्छन् तब एउटा अलगै माहोल बनेको हुन्छ । साथै, विश्वको नजर दुई खेलाडीमा पर्न थालेको छ ।

सन् २०२१ को टी २० विश्वकपमा भारत र पाकिस्तान प्रतिस्पर्धा गरेका थिए । कोहलीको कप्तानमा रहेको भारतलाई बाबरको कप्तानीमा रहेको पाकिस्तानले दश विकेटले हराएको थियो । कुनै पनि विश्वकपमा भारतको पाकिस्तानसँग यही पहिलो हार थियो ।

कोहली बाबरको यो क्रिकेटको भाइचारा सम्बन्ध विश्व क्रिकेट प्रेमीले मन पराउँदै आएका छन् । केही तस्विर निकै ‘भाइरल’ भएका छन् । जुन फोटोमा कोहलीले बाबरको काँधमा हात राखेका छन् र दुई खेलाडी नै गफ गरिरहेका छन् ।

अर्काे, क्रिकेट समर्थकका लागि खुसीको कुरा पनि छ । बाबर र कोहली पहिलोपटक कुनै टिमबाट एकैसाथ खेल्दैछन् । सन् २००७ पछि पहिलोपटक ‘एफ्रो एसिया कप’ सुरु हुँदैछ । जुन प्रतियोगितामा दुबै खेलाडी एकै टिमबाट खेल्दैछन् ।

यसअघि समेत कोहली र बाबर एक अर्कालाई समर्थन गर्दै आएका छन् । यसपटक भने पाकिस्तानी कप्तान बाबरले खराव लयबाट गुज्रिरहेका कोहलीको समर्थनमा बोलेका छन् । उनले कोहलीलाई उच्च मनोबल बनाउन आग्रह गरेका छन् । हौसला बढाउन एक ट्विट गरेका छन् । एकपटक फेरि भाइचारा सम्बन्ध प्रस्तुत गर्ने क्रममा बाबरले खेलेका छन्, ‘यो खराब समय चाँडै जानेछ । बलियो रहनुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर