प्रकाश र प्रेमगीत ३ को प्रमोशन कसरी गर्लान् प्रदीपले ? — OSNepal

प्रकाश र प्रेमगीत ३ को प्रमोशन कसरी गर्लान् प्रदीपले ?

LC (KTM) July 17, 2022 0

काठमाडौँ :

निकै छानेर र धेरैपटक सोचेर फिल्म खेल्ने नेपाली कलाकारमा पर्छन् नायक प्रदीप खड्का । उनको एउटा फिल्म र अर्को फिल्मको ग्याप पनि निकै हुने गर्दछ ।

तर यसपटक भने प्रदिपका २ फिल्म एक महिनाको अन्तरमा रिलिजको तयारीमा छन् । प्रदिपको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भदौको १० गतेबाट रिलिज हुँदैछ भने प्काश रिलिज भएको १ महिनामा नै प्रदीपको चकलेटी स्टारडममा फिल्म ‘प्रेमगीत ३’ रिलिज गर्ने तयारी गरिएको छ ।

प्रेम गीतमा प्रदीप राजाको छोराको भूमिकामा देखिदैछन् । जहाँ, उनले नायिकासँग रोमान्स गर्नेछन्, भिलेनसँग युद्ध गर्नेछन् ।

यसरीहेर्दा, प्रदीपको काँधमा एकसाथ दुई जनराका फिल्मको प्रमोशन गर्नुपर्ने अवस्था आइलागेको छ । ‘प्रेमगीत ’ को सँधै आक्रामक प्रचार प्रसार गर्दै आएका निर्माता निर्देशक सन्तोष सेनले फिल्मको प्रमोशन यात्रा सुरु भइसकेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर