जब पूजा शर्माले चर्चित फिल्म पत्रकार प्रकाश सुवेदीलाई लभ यू मेरो दाइ भन्दै म्यासिज पठाइन् — OSNepal

जब पूजा शर्माले चर्चित फिल्म पत्रकार प्रकाश सुवेदीलाई लभ यू मेरो दाइ भन्दै म्यासिज पठाइन्

LC (KTM) July 17, 2022 0

काठमाडौं ।

अभिनेत्री पूजा शर्मा यतिबेला अष्ट्रेलियामा छिन् । पूजा फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरका लागि अष्ट्रेलिया उडेपनि उनले उड्नु अघि चर्चित फिल्म पत्रकार प्रकाश सुवेदीसँगको सम्बन्ध सुधार गर्ने प्रयास गरिन् ।

सुवेदीको टिभी शो ‘ग्ल्यामर गफ’ मा पूजालाई सामान्य ज्ञानसम्बन्धी प्रश्नहरुको सामना गर्न नसकेर ट्रोलको शिकार बनेकी पूजा र प्काशको सम्बन्ध ख्याल ख्यालैमा टाढियो र बाजाबाज र पानी बाराबारको अवस्था नै आयो ।

आँफु निरन्तर ट्रोलको शिकार बन्नुपर्दा प्रकाशप्रति पूजाले चित्त दुखाउनु पनि स्वभाविक नै थियो । तर कुरा यतिमा रोकिएन । सकिएन । आफूले सही जवाफ दिन नसकेको अंश काट्ने सहमति पालना नगरेर प्रकाशले आफ्नो बेइज्जती गराएको पूजाले आरोप लगाएपछि प्रकाश दुई कदम असिघ बढ्दै ‘यत्रा यत्रा दाह्रा निस्केकालाई हामीले महानायिका भनिदिनुपर्ने ? ’ भन्दै आफ्नै हिट कार्यक्रमबाट पूजाको विरुद्धमा खरो अभिव्यक्ति दिएपछि यो विषयले झनै चर्को रुप लिन पुग्यो ।

प्रकाश-पूजा काण्ड सेलाउनुको सट्टा त्यसपछि झनै उत्कर्षमा पुग्यो । त्यसपछि पूजा आफ्नो मानहानी भएको भन्दै विभिन्न निकायमा प्रकाशविरुद्ध उजुरबाजुरमा लागिन् । आफूलाई ‘बडी सेमिङ’ गरेको भन्दै क्यामरामा प्रकाशप्रति निकै तीतो पोखिन् । प्रकाशले माफी मागेपछि घटना सेलाएको थियो ।

तर, पनि उनीहरूको सम्बन्ध सुधार हुन नसकेका बेला पूजा आकाशको अर्को फिल्म ‘सम्झना विर्सना’को प्रचारमा पत्रकार सुवेदीले आकाशसँग अन्तरवार्ता लिए लगत्तै उनले प्रकाशलाई एसएमएस गरेकी छन् ।

उनले ‘लभ यू मेरो दाइ’ भन्दै म्यासेज पठाएको स्रोत बताउँछ । पूजाको उक्त म्यासेज ‘सीन’ गरे पनि प्रकाशले कुनै जवाफ भने फर्काएका छैनन् । पूजाले आफ्नो म्यासेन्जरमा उनको नाम फेरेर ‘ट्वाइलेट पत्रकार’ समेत लेख्न पछि नपरेकी पूजालाई प्रकाशले अब दाईको व्यबहार गर्ने हुन्की व्यबहारमा केही लचिलो हुने हुन् त्यो हेर्नका लागि भने केही समय फर्किनै पर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर