प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा भेटि गणना गर्दै — OSNepal

प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा भेटि गणना गर्दै

LC (KTM) July 18, 2022 0

ताप्लेजुङ-ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटि संकलन गरेर पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा गणना गर्दै कर्मचारी । तस्बिरः दिलकुमार लिम्बू/रासस

त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला सुरु
विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा ‘बोलबम’ मेला सुरु भएको छ । साउन महिनाभर हलेसीमा लाग्ने बोलबम मेलाको पहिलो दिन आज (सोमबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबम मेलाका अवसरमा पैदल तथा यातायातका सवारीसाधनमार्फत गेरुबस्त्रधारी दर्शनार्थी हलेसी आउने गरेका छन् । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा लाग्ने बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलामसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भूटान, चीनको तिब्बतलगायतबाट दर्शनार्थी आएका छन् ।

मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने गर्छन् । हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकाङ्क्षा पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ ।

बोलबमका अवसरमा हलेसी आएका दर्शनार्थीका कारण अहिले हलेसीका साना तथा ठूला होटल भरिएका छन् । साउन लागेयता हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहा पोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङको पहिरनमा सजिएका पुरुषकोसमेत चहलपहल बढेको छ । हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामूहिकरुपमा ‘बोलबम’ उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै देखिन्छ । स्थानीयका अनुसार हलेसी र बराहा पोखरीमा बोलबम मेला लाग्ने प्रचलन भने पाँच÷छ वर्षअघिदेखि मात्र सुरु भएको हो ।

तराईबाट हलेसीसम्म आउने र जाने सडक बिस्तार भएपछि मात्र हलेसीमा बोलबम मेला लाग्न थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । तराईबाट सिधै कटारी–घुर्मी–जयराम हुँदै हलेसीसम्मको यातायात सेवा बिस्तार भएपछि बोलबमका अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको सङ्ख्या बर्सेनि बढ्दो रहेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
हलेसीमा लागेको मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति तथा स्थानीय क्लबमा आबद्ध पदाधिकारी बिहानैदेखि खटिएका छन् । तराईलगायत राजधानी काठमाडौँबाट सिधै यातायातमार्फत आउने दर्शनार्थी सोही दिन फर्कने गरेका छन् ।

यसैबीच हलेसीस्थित मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला चार वर्षपछि खोलिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति दुवै अस्तित्वमा आएपछि विवाद चर्किदा विसं २०७५ भदौ २६ गते लागेको ताला आइतबार साँझ खोलिएको हो ।लामो समयदेखि हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला नगरप्रमुख विमला राईको पहलमा आइतबार साँझ खुलाइएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । नगरउपप्रमुख रमेश राउत, वडाध्यक्ष कमल गिरी, हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक सुनिल धाँजु लगायतको उपस्थिति ताला खोलिएको हो ।
हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा ताला लागेको विषयले नकरात्मक सन्देश गइरहेकाले ताला खोल्न सहमती भएको नगरप्रमुख राईले बताउनुभयो । नगरपालिका र प्रशासनको सिफारिसमा गुठी संस्थानले बनाएको दुवै मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा हर्कराज राई भए पनि अन्य पदाधिकारी र सदस्य हेरफेरले विवाद निम्तिएको थियो । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर