केपी ओलीलाई भेटेपछि चिसो मान्छेकी निर्मात्री शर्मिला एमाले प्रवेश गर्दै, भन्छिन् 'टिकट पाए चुनाव पनि लड्छु' — OSNepal

केपी ओलीलाई भेटेपछि चिसो मान्छेकी निर्मात्री शर्मिला एमाले प्रवेश गर्दै, भन्छिन् ‘टिकट पाए चुनाव पनि लड्छु’

LC (KTM) July 18, 2022 0

काठमाडौँ :

निर्मात्री शर्मिला पाण्डे नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छिन् । फिल्म ‘आमा र चिसो मान्छे’की निर्मात्री पाण्डेले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेशको कुरा गरेकी हुन् ।

सोमबार अध्यक्ष ओलीको निवास पुगेर शर्मिलाले भेटे लगत्तै ओलीले शर्मिला जस्तो सक्रिय महिला पार्टीमा आउँदा पार्टीलाई फाइदा हुने प्रतिक्रिया दिएका थिए ।

सो अवसरमा शर्मिलाले आँफु पहिलेदेखि नै एमाले समर्थित मानिस भएको र अब भने सक्रिय रुपमा पार्टीमा लाग्ने र फिल्म पनि बनाउने योजनाका बारेमा खुलेर कुरा राखिन् । निर्मात्री पाण्डेको यसै साता एमालेमा प्रवेश गर्ने तयारी रहेको छ ।

सो अवसरमा अध्यक्ष ओलीले पाण्डेले निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ हेर्ने चाहना राखेको निर्मात्री पाण्डेले जानकारी दिइन् ।

अध्यक्ष पाण्डेले चाडै नै फिल्मको शो आयोजना गर्ने पनि बताइन् । निर्मात्री पाण्डेले सो भेटको अवसरमा आगामी ५ बर्षपछि टिकट पाए निर्वाचन लड्नेसम्मको इच्छा देखाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर