काठमाडौंका सार्वजनिक शौचालयमा स्यानिटरी प्याड राख्ने अभिनेता सविन श्रेष्ठको घोषणा — OSNepal

काठमाडौंका सार्वजनिक शौचालयमा स्यानिटरी प्याड राख्ने अभिनेता सविन श्रेष्ठको घोषणा

LC (KTM) July 18, 2022 0

काठमाडौं :

अभिनेता सविन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा स्यानिटरी प्याड राखिदिने भएका छन् । सामाजिक सञ्जालमाएक स्टाटस लेख्दै सनिले सार्वजनिक शौचालयमा स्यानिटरी प्याड राख्ने बताएका हुन् । उनले काठमाडौंका विभिन्न सार्वजनिक शौचालयमा महिलाले प्रयोग गर्ने महिनावारी प्याड वा सेनिटरी प्याड निशूल्क प्रयोगका लागि राखिदिने घोषणा गरेका छन् ।

सविनको योजना राष्ट्रिय सभागृह, भूगोल पार्क, गोगंबु बसपार्क, गौशाला र नयाँ वानेश्वरमा भएका महिला शौचालयमा स्यानिटारी प्याड राख्ने योजना रहेको छ जसबाट मजोर आर्थिक अवस्था भएका र आपत्कालीन समस्यामा परेका महिला दिदीबहिनीहरुलाई सुविधा मिल्ने उनको विश्वास छ ।

सबिनले सो कार्य गर्नुअघि काठमाडौ महानगरपालिकासँग पनि अनुमति र सल्लाह लिने भन्दै मेयर बालेन्द्र साहलाई मेन्सन गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘यसो गर्दा सामाजिक काम देखाएर हिरो बन्न खोजेको भन्ने पनि आरोप तथा राम्रो नराम्रो कमेन्ट आउन सक्छ ।

ल हो, मैले माने म यस्तो काम गरेर हिरो नै बन्न खोजेको रे । अब तपाईको पनि पालो हिरो बन्ने ।’ सविन कुनै समय नेपाली चलचित्र क्षेत्रमा व्यस्त नायक थिए । आज भोली भने आफ्नै व्यवसायमा व्यस्त छन् । त्यसै गरी उनले प्रेमिका अनु शाहसँग मिलेर भ्लग पनि बनाइरहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर