निर्माता फेरिएपछि सुरु हुँदै रोकिएको 'प्रसाद २'को छायांकन — OSNepal

निर्माता फेरिएपछि सुरु हुँदै रोकिएको ‘प्रसाद २’को छायांकन

LC (KTM) July 19, 2022 0

काठमाडौं :

१७ दिन अभिनय कार्यशाला सकेर छायांकनमा उत्रिएको चलचित्र ‘प्रसाद २’ पहिलो दिन नै छायांकन स्थगित भयो । निर्माता निर्देशक र कलाकारबीचको त्रिपक्षीय विवादका कारण छायांकन नै नगरी निर्माण टिम बिहीबार कास्कीको ल्वाङ गाउँबाट काठमाडौं फर्र्किएको थियो । तर, अब भने यो फिल्मको छायांकन गर्ने सहमतिमा निर्माता, निर्देशक र कलाकार पुगेका छन् ।

आफूहरूलाई सुरुमा तोकिएको पेस्की रकमसमेत नदिएपछि चलचित्रको छायांकन नै नगरी सेट छाडेर हिँड्नुपरेको अभिनेता विपिन कार्कीले बताएका थिए । यो फिल्मलाई निर्माण गर्न लागेको सुवास थापाबाट अब फिल्मको स्वामित्व अर्का निर्माता केशव पाण्डेमा आएको छ । केशव पाण्डेले सबैको पारिश्रमिक दिँदै फिल्मको निर्माण जिम्मेवारी लिएका कारण कलाकार चलचित्रको छायांकनमा जान तयार भएको यो चलचित्रका लेखक तथा पत्रकार सुशिल पौडेलले बताएका छन् ।

सुवास थापा प्रोडक्सनबाट नयाँ निर्माता केशव पाण्डेले आफ्नो कम्पनीमा स्वामित्व लिएर फिल्ममा लगानी गर्ने भएका छन् । यसका लागि पाण्डे तयार भएपछि आपूmहरू छायांकनमा जान तयार भएको अभिनेता विपिन कार्कीको कथन छ । राजधानि दैनिकमा खबर छ । तर, एक महिनापछि मात्र आपूmले यो फिल्मका लागि समय दिन सक्ने उनले बताएका छन् । यसअघि निर्माण भएको चलचित्र प्रसाद व्यावसायिक रूपमा सफल भएको र त्यसमा आपूm मुख्य पात्र रहेका कारण पनि प्रसाद २ फेरि खेल्न तयार भएको पनि विपिनले बताएका छन् । विपिनसहित यसमा नम्रता श्रेष्ठ, राज कटुवाल, अर्पण थापासहितका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दै छन् । पहिलो दिनकै छायांकनमा निर्देशन सुदर्शनसँग अभिनेता विपिनले स्टोरी बोर्ड र मुड बोर्ड मागेका थिए । त्यो बनाउन सम्भव नभएको भनेपछि यी दुईबीच वादविवाद पनि चलेको थियो । तर, अहिले चलचित्रको स्क्रिप्टमा अझै पुनः लेखन गरेर आपूmहरू छायांकनमा जाने पनि अभिनेता विपिनले बताएका छन् । यसका लागि निर्देशक सुदर्शन पनि तयार भएका छन् ।

यता निर्माता सुवास थापाले अहिलेसम्म यो फिल्मको सम्पूर्ण तयारीका लागि आफ्नो ६० लाख खर्च भइसकेको बताएका छन् । तथापि फिल्ममा काम गर्न कलाकार तयार भएका कारण उनी फिल्मको स्वामित्व अर्का निर्माता केशव पाण्डेलाई दिन तयार छन् । यसरी निर्माता परिवर्तन भएपछि चलचित्र प्रसाद २ को छायांकन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर