‘बिजुली च्याप्टर १’ बन्ने,मुकुन भुसाल र अभिनेत्री बेनिशाको अभिनय — OSNepal

‘बिजुली च्याप्टर १’ बन्ने,मुकुन भुसाल र अभिनेत्री बेनिशाको अभिनय

LC (KTM) July 19, 2022 0

काठमाडौं :

विकास गिरीको लेखन तथा निर्देशनमा चलचित्र ‘बिजुली च्याप्टर १’ निर्माण गरिने भएको छ । लुना केसी निर्माता रहेको यसै चलचित्रबाट विकासले निर्देशन डेब्यु गर्न लागेका हुन् ।

बासुकी फिल्मस्को ब्यानरमा बन्ने यस चलचित्रमा अभिनेता मुकुन भुसाल, अभिनेत्री बेनिशा हमाल, कालु राना लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

हिन्दू धर्मग्रन्थ रामायण, महाभारत र भागवत गीताको चरित्रलाई समेटेर चलचित्र बनाउन लागिएको हो । सौर्य दैनिकमा खबर ।भदौ तेस्रो साताबाट छायांकन सुरु हुने बताइएको चलचित्रमा हरि घले लामाको छायांकन रहनेछ ।

अभिनेता मुकुनले चलचित्रमा आफूले अहिलेसम्म गर्न नपाएको भूमिका रहेको बताए । अभिनेत्री बेनिशाले जोश जाँगरसहित भित्रिएका नयाँ पुस्तासँग काम गर्न आफू उत्साहित भएको जिकिर गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर