७५ हजार डलर पुरस्कार सहित टीभी रियालिटी शो 'मेरो भ्वाइस र डान्स युनिभर्स'को घोषणा — OSNepal

७५ हजार डलर पुरस्कार सहित टीभी रियालिटी शो ‘मेरो भ्वाइस र डान्स युनिभर्स’को घोषणा

LC (KTM) July 19, 2022 0

काठमाडौं :

टीभी रियालिटी शो मेरो भ्वाइस र डान्स युनिभर्सको घोषणा गरिएको छ । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ७५ हजार डलर पुरस्कार सहित उक्त रियालिटी शो घोषणा गरेको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ आयोजना गर्न लागिएको जानकारी दिए । फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् ।

यस्तै ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो शोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् ।

अगस्टदेखि सुरु हुने अडिसन ३१ डिसेम्बर ३१ २०२२ सम्म जारी रहने जनाइएको छ । जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर