घण्टौँ कुर्दा पनि प्रेमी नआएको भन्दै राखि सावन्तले रुँदै भनिन् 'प्रेमी पनि पूर्वपति रितेशझैँ भाग्यो' — OSNepal

घण्टौँ कुर्दा पनि प्रेमी नआएको भन्दै राखि सावन्तले रुँदै भनिन् ‘प्रेमी पनि पूर्वपति रितेशझैँ भाग्यो’

LC (KTM) July 20, 2022 0

काठमाडौं ।

विबादास्पद अभिनेत्री तथा टेलिभिजन शोकी प्रस्तुता राखी सावन्तले दिल्ली पुगेर प्रेमी नभेटेपछि जहाजमा रुँदै फर्किइन् छिन् ।

परम्परागत पोशाकमा सजिएकी नायिका राशिले प्रेमी आदिल खानका लागि आँफुले विशेष समय लिएर आएको भएता पनि उनीसँग भेट नभएको बताएकी छिन् । उनले पत्रकारहरुलाई आफ्नो आदिलसँग भेट नभएको बता उँदै आँखाभरी आँशु पार्दै भनिन् ‘मैले यो आदिलका लागि गरेको थिए ।

म विशेषगरी यस्तो परम्परागत पोशाक उसको लागि सजिएर गएकी थिएँ किनभने आदिल म यस्तै पहिरनमा भएको हेर्न चाहन्थ्यो । दिल्ली गएर उसलाई धेरै पर्खिएँ तर उ आएन । फ्लाइटमा बसेर करिब दुई घण्टा रोएँ ।

रुँदारुँदा मेरो गाजल सबै गयो । म अब उसलाई कल गर्दिनँ । म धेरै दुःखी छु ।’ आदिल खानसँग जिम, एयरपोर्ट, पार्टी र कार्यक्रमहरुमा देखिदै आएकी राखिले प्रेमी आदिल खानले आफ्नो चित्त दुखाएको भन्दै पूर्वपति रितेशझैँ आदिल पनि भागेको बताइन् ।

राखीका पूर्वपति रितेश सिङ विवाह गरेको केही समयमा नै उनलाई झेल्न नसकेर भाग्न बाध्य बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर