अहिलेको आवश्यकता वाम गठवन्धन हो , एमालेको नेतृत्व तयार भए एकता सम्भव छ : झलनाथ खनाल — OSNepal

अहिलेको आवश्यकता वाम गठवन्धन हो , एमालेको नेतृत्व तयार भए एकता सम्भव छ : झलनाथ खनाल

LC (KTM) July 23, 2022 0

काठमाडौं ७ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल गर्न नसकिने खुलासा गरेका छन् ।

आफ्नो पार्टीलाई सम्मानजनक भूमिका नदिए आउँदो प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा गठवन्धन नगर्ने काठमाडौंमा आज शनिबार आयोजित एक कार्यकर्ता भेलामा नेता खनालले स्पष्ट पारेका हुन् ।

स्थानीय तहमा जसलाई बोक्यो, उसलै आउँदो निर्वाचनमा बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुने भन्दै उनले कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।

अहिले वाम एकताको खाँचो रहेको बताउँदै नेता खनालले आउँदो निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने बताए ।

वाम गठवन्धनमा नेकपा एमालेको नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताएका उनले सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता सम्भव रहेको नेता खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर