लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेटेपछि मलाई प्रधानमन्त्री पदबाट हटाइयो : ओली — OSNepal

लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेटेपछि मलाई प्रधानमन्त्री पदबाट हटाइयो : ओली

LC (KTM) August 01, 2022 0

काठमाडौं १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेटेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको दाबी गरेका छन् ।

सोमबार पूर्वसचिव द्वारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ सार्वजनिक गर्दै ओलीले यस्तो दावी गरेका हुन् ।

आजको युगमा देश जोगाउन देशभक्तिको पक्षमा अडिए पुग्ने बताएका ओलीले देश जोगाउन लड्न नपर्ने बताए । देशभक्तिको पक्षमा अडिग हुँदा आफुलाई प्रधानमन्त्री पदबाट हटाइएको बताए ।

ओलीले भने, ‘हाम्रो गुमेको भू-भाग समेटेर नक्सा जारी गर्दै गर्दा मलाई प्रधानमन्त्रीबाट हट्नुपर्छ, अब उपद्रो हुन्छ भन्ने थाहा थियो । नभन्दै हट्नुपर्‍यो । त्यसमा मलाई पीर छैन तर देश जता लगिँदैछ त्यस कुरामा चाहिँ पीर छ ।’

पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि आफुलाई प्रधानमन्त्री पदबाट हटाइएको भन्दै ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि पदबाट हटाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर