बलिउडले मलाई धान्न सक्दैन भन्ने अभिव्यक्ति दिएपछि लामो समय सम्म विवादमा तानिएका महेश बाबु हिन्दी फिल्म खेल्दै — OSNepal

बलिउडले मलाई धान्न सक्दैन भन्ने अभिव्यक्ति दिएपछि लामो समय सम्म विवादमा तानिएका महेश बाबु हिन्दी फिल्म खेल्दै

LC (KTM) August 03, 2022 0

काठमाडौं :

बलिउडले मलाई धान्न सक्दैनु भने पछि विवादमा तानिएका साउथ सुपरस्टार महेश बाबु हिन्दी फिल्ममा डेब्यू गर्ने भएका छन् । नले ुबाहुबलीु का निर्देशक एसएस राजामौलीको आगामी फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेको बताइएको छ । फिल्ममा महेश बाबु अभिनेत्री आलिया भट्टसँग देखिने बताइएको छ । यो फिल्मको अहिले स्क्रिप्ट तयार भइरहेको छ।

यो फिल्म यस वर्षको अन्तिमबाट छायांकनमा जाने बताइएको छ। क्षिण भारतीय फिल्मी दुनियाँका चर्चित अभिनेता भए पनि उनी हिन्दी भाषी दर्शकमाझ परिचित उनी बलिउडमा डेब्यु गर्न लागेको खबर बाहिर आएपछि उनका फ्यानहरु खुशी भउका छन् ।

उनी तेलुगूका चिरपरिचित अभिनेता कृष्णाका छोरा हुन्। उनी ‘नीडा’ बाट बालकलाकारका रूपमा फिल्मी दुनियाँमा प्रवेश गरेका थिए। आठ वटा फिल्ममा बालकलाकारकै रूपमा अभिनय गरेका उनले ुराजाकुमारुडूु बाट जीवनकै पहिलो अवार्ड पनि जिते।

मुरारी, पोकिरी, ननेक्कोडाइन, सरिमंथुडू, व्यापारी, सीथम्मा वकितलो सरिमल्ले चेट्टू’ जस्ता फिल्मपछि महेश बाबुले अन्तर्राष्ट्रिय चर्चा पाए। साथै फिल्म फेयरको उत्कृष्ट अभिनेतासहित थुप्रै अवार्ड हात पारेका थिए । उनको आफ्नै प्रोडक्सन हाउस समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर