डाक्टर र अस्पताललाई धन्यवाद दिँदै अस्पतालबाट डिस्चार्ज भइन् नीता ढुंगाना — OSNepal

डाक्टर र अस्पताललाई धन्यवाद दिँदै अस्पतालबाट डिस्चार्ज भइन् नीता ढुंगाना

LC (KTM) August 03, 2022 0

काठमाडौं :

नायिका नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज भएकी छन् । ‘एपेन्डीसाइट’ को सफल अप्रेशन पश्चात् उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन् । आइतबार अचानक बिरामी परेर अस्पताल पुगेकी नितालाई ‘एपेन्डीसाइट’ भएको पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी थिइन् ।

निता आइतबार लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाँदै गर्दा बाटो नैअ अचानक पेट दुखेपछि बिच बाटोबाटै अस्पताल पुगेकी थिइन् ।अप्रेसनपछि नीताका श्रीमान हरिहर अधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत संलग्न डाक्टर र अस्पताललाई धन्यवाद दिँदै निता डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

केही दिन अगाडि मात्र नीता हरिहरसँग विवाह बन्धनमा बाधिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर