अभिनेत्री तनुश्रीले भने 'यदि मलाई केही भयो भने यसको जिम्मेवार नाना पाटेकर हुनेछन्' — OSNepal

अभिनेत्री तनुश्रीले भने ‘यदि मलाई केही भयो भने यसको जिम्मेवार नाना पाटेकर हुनेछन्’

LC (KTM) August 04, 2022 0

काठमाडौं  :

‘आशिक बनाया आपने’ फेम तनुश्री दत्ताले यदि आफुलाई केही भयो भने त्यसको जिम्मेवार नाना पाटेकर रहेन बताएकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले यस्तो चेतावनी दिएकी हुन् । दत्तले लेखेकी छिन्, ‘यदि मलाई केही भयो भने, मिटूका आरोपी नाना पाटेकर, उनका वकिल, सहयोगी र उनका बलिउड माफिया साथीहरू जिम्मेवार छन् ।

को हुन् बलिउड माफिया ?  एसएसआर (सुशान्त सिंह राजपुत) को मृत्युको मामिलामा जसको नाम बारम्बार आएको छ, त्यही व्यक्तिहरू। यहि पोस्ट मार्फत उनले सबैले आफुलाई दुखी बनाएको बताएकी छन् । तनुश्रीले उनीहरुको फिल्म नहेर्न र तिनीहरूलाई पूर्ण बहिष्कार गर्न भनेकी छिन् ।

यतिसम्म कि कानुनले पनि उनीहरुको अगाडि केही गर्न सकेन । २०१८ मा तनुश्री दत्तले मिटु सुरु गरेर चर्चामा आएकी उनले मिटु मार्फत तनुश्रीले नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । सन् २००९ मा फिल्म ‘हर्न ओके प्लिज’ को सुटिङका ​​क्रममा नाना पाटेकरले आफूसँग नजिक आउन खोजेको बताएप उनको यो कुराको ले जताततै हंगामा मच्चाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर