‘द भ्वाइस अफ नेपाल’मा राजु लामा र प्रमोद खरेल दोहोरिदा को बने नँया कोच ? — OSNepal

‘द भ्वाइस अफ नेपाल’मा राजु लामा र प्रमोद खरेल दोहोरिदा को बने नँया कोच ?

LC (KTM) August 04, 2022 0

काठमाडौं। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोचमा हेरफेर भएको छ । जसमा चौथो सिजनको कोचमा राजु लामा र प्रमोद खरेलले निरन्तरता पाएका छन् भने तिर्सना गुरुङ र दीप श्रेष्ठ हटेका छन् ।

नयाँ कोचको रुपमा राजेशपायल राई र प्रविशा अधिकारी प्रवेश पाएका छन् । वरिष्ठ गायक श्रेष्ठले विश्राम लिएको बताइएको छ। राई द भ्वाइस अफ नेपाल सिजन ३ का केही एपिसोडमा गेस्ट कोच बनेका थिए भने अधिकारीले द भ्वाइस किड्समा कोचको रुपमा काम गरिसकेकी छन् ।

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट १२० जना ब्लाइन्ड अडिसनका लागि छानिएको छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर