नायक प्रदीप खड्कालाई भारतमा विशेष सुरक्षा, भारतका उच्च सेलिब्रेटीलाई दिने सुरक्षा जसरी बडीगार्डले सुरक्षा दिएर कार्यक्रम स्थलमा लगे — OSNepal

नायक प्रदीप खड्कालाई भारतमा विशेष सुरक्षा, भारतका उच्च सेलिब्रेटीलाई दिने सुरक्षा जसरी बडीगार्डले सुरक्षा दिएर कार्यक्रम स्थलमा लगे

LC (KTM) August 04, 2022 0

काठमाडौं ।

यतिबेला नायक प्रदिप खड्का चलचित्र प्रेम गीतका कारण नेपाल र भारतमा चर्चामा छन् ।

आगामी सेप्टेम्बर २३ देखि भारतका विभिन्न सहरमा प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’को प्रमोसनका लागि भारतमा रहेका प्रदिप भारतीय बडीगार्डले पनि सुरक्षा दिइरहेका भिडियो फुटेजहरु सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

हालै मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा प्रदीप उपस्थित कार्यक्रममा भारतका उच्च सेलिब्रेटीलाई दिने सुरक्षा जसरी नै सुरक्षा दिएको देख्न सकिन्थ्यो ।

उनलाई बलिउड अभिनेत्री अनन्या पाण्डेसहित कैयौं सेलिब्रेटीलाई बडीगार्डका रुपमा सुरक्षा प्रदान गर्दै आएका बलिउडको टप सेलिब्रेटी सेक्युरिटी लिडर मनीष सिडेजले सुरक्षा दिएका छन् ।

पत्रकार सम्मेलनमा अभिनेत्री कृष्टिना गुरुङ, निर्माता तथा निर्देशक सन्तोष सेन लगायतको उपस्थिती रहेको थियो । फिल्मलाई भारतमा जी म्युजिक, युएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेका हुन् ।‘प्रेमगीत ३’ नेपालमा असोज ७ गते रिलिज गर्ने तयारी थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर